असम: वरिष्ठ पपुलिस अधीक्षकहरूको दुईदिने सम्मेलन सुरु

942ef1d6-6ff0-400f-bcdf-31f6d9e6eb93

गुवाहाटी: असमको दरगाउँस्थित लाचित बरफुकन पुलिस एकेडेमीमा राज्यका वरिष्ठ पुलिस अधीक्षकहरूको दुईदिने सम्मेलन आजदेखि सुरु भएको छ। सम्मेलनको उद्घाटन गर्दै असम सरकारले राज्यको कानून–व्यवस्था थप सुदृढ बनाउन विशेष प्राथमिकता दिएको जनाएको छ। सम्मेलनमा अपराध नियन्त्रण, महिला तथा बालबालिकाको सुरक्षा, साइबर अपराध नियन्त्रण, लागुऔषधविरुद्ध कडा अभियान, आधुनिक प्रविधिको प्रयोग तथा जनमुखी पुलिस सेवा प्रणालीबारे विस्तृत छलफल गरिनेछ।
मुख्यमंत्री हेमन्त बिस्व सरमाले असमका प्रत्येक नागरिकको सुरक्षा सुनिश्चित गर्नु आफ्नो प्रमुख प्राथमिकता रहेको बताएको छ। त्यसका लागि पुलिस संगठनलाई थप सक्षम, आधुनिक, उत्तरदायी र प्रविधिमैत्री बनाउने दिशामा निरन्तर काम भइरहेको उल्लेख गरिएको छ। आगामी दिनमा कानून–व्यवस्था प्रभावकारी बनाउँदै अपराध नियन्त्रण र नागरिक सुरक्षाका क्षेत्रमा प्रहरीको भूमिका अझ सशक्त बनाउने सरकारको लक्ष्य रहेको छ। सम्मेलनले प्रहरी प्रशासनबीच समन्वय र कार्यक्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

About Author

Advertisement