गुवाहाटी: असमका मुख्यमंत्री डा. हिमन्त बिस्व सरमाले आज राजधानी गुवाहाटीको बेंतकुचीमा नवनिर्मित गुवाहाटी नगर सेवा भवनको उद्घाटन गरे। यो भवन गुवाहाटी नगरनिगमको मुख्यालय हुनेछ।
बेंतकुचीमा निर्मित यस आधुनिक नगर सेवा भवनको उद्देश्य नगर प्रशासनलाई अधिक सुदृढ़ औ व्यवस्थित बनाउनु हो। नयाँ भवनको माध्यमबाट नागरिकहरूलाई श्रेष्ठ सुविधा उपलब्ध गराउन अनि विभिन्न विभागहरूको कार्यमा समन्वय स्थापना गर्नमा सहायता मिल्नेछ।
यस अवसरमा मुख्यमन्त्रीले स्पष्ट पारे, भूमि राजस्वमा कुनै पनि प्रकारको वृद्धि गरिएको छैन। उनले भने, राज्य सरकारले जमीनको कर बढ़ाएको छैन, यस सम्बन्धमा फैलाइरहेका अफवाहहरू निराधार छन्।









