असम: महामाया मन्दिर चोरी मामिलामा चारजना पक्राउ

Screenshot_20240613_181504_Chrome.jpg

काेकराझार: कोकराझार जिल्लास्थित महामाया मन्दिरमा भएको चोरीको मामिलामा चारजना चोरहरूलाई चोरीको सामग्री सहित पक्राउ गरिएको छ। यस आशयको जानकारी राज्यका डीजीपी जीपी सिंहले बिहीवार दिएका हुन्।

डीजीपीले बताए, महामाया मन्दिर संचालन कमिटीद्वारा मन्दिरमा चोरी भएको घटनाको सिकायत दर्ता गराएको थियो। गत २६ मईमा दर्ता प्राथमिकी १२/२०४२४- को आधारमा जिल्ला पुलिस अधीक्षक, अतिरिक्त पुलिस अधीक्षक (क्राइम), सीडीपीओ गोसाईगाउँको टीमले चारजना चोरहरूलाई पक्राउ गरेको छ।

पक्रा पर्ने चोरहरूको पहिचान मण्डल अली, शरिफ उद्दीन, हजरत अली औ अशरफुल अलीको रूपमा गरिएको छ। यी सबै चोरहरूलाई बिलासीपाराबाट पक्राउ गरिएको छ। आरोपीहरूको कब्जाबाट तीनवटा चाँदीको मुकुट, १५ ग्रामको दुईवटा सुनको सिक्का, सुन-चाँदीको आभूषण, नगद ४५,००० रुपियाँ, ५ वटा मोबाइल फोन, एउटा स्विफ्ट कार समेत अन्य आपत्तिजनक सामग्री जफत गरिएको छ। पुलिसले यस सम्बन्धमा पहिलाबाटै दर्ता प्राथमिकीको आधारमा सबै चोरहरूसित गहन जाँचबुझ गरिरहेको छ।

About Author

Advertisement