असम: भाजपा प्रत्याशीले घटवारमा भारी मतले जीत हासिल गर्ने हजारिकाको दाबी

20241101_221442

शाेणितपुर: भाजपा विधायक पद्म हजारिकाले भनेका छन्, भारतीय जनता पार्टीका उम्मेद्वार दिंगत घटवारले बिहाली सीटबाट भारी मतले विजय हुनेछन्।
विधायक हजारिका शुक्रवार बिहालीस्थित भाजपा कार्यालयमा एक संवाददाता सम्मेलनलाई सम्बोधन गरिरहेका थिए। उनले भने, बिहालीलाई २५ वर्षदेखिकै रञ्जीत दत्तको गढ़को रूपमा मानिन्छ। बिहालीमा भाजपाको दबदबा छ। बिहालीको वरपरका सबै निर्वाचन क्षेत्रहरूमा भाजपाले शान्तिपूर्ण ढंगमा प्रचार गरिरहेको छ। तर सामागुरी, कंग्रेस सांसद रकिबुल हुसैनको गढ़ हो, त्यहाँ कंग्रेसको दबदबा छ। त्यसैले सामागुरीमा चुनाउ प्रचार सामान् रूपमा हुन सकिरहेको छैन।

About Author

Advertisement