गुवाहाटी: असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शनिवार आफ्ना मन्त्रीमण्डलका सहयोगी एवम् क्याबिनेट मन्त्री अशोक सिङ्घललाई जन्मदिनको हार्दिक शुभकामना तथा बधाई ज्ञापन गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै मुख्यमन्त्री सरमाले एक कुशल, कर्मठ र जिम्मेवार क्याबिनेट मन्त्रीका रूपमा अशोक सिङ्घलले राज्य सरकारका विभिन्न जिम्मेवारीहरू सफलतापूर्वक वहन गरिरहेको बताउनुभएको छ।
मुख्यमन्त्री सरमाका अनुसार जनकल्याण, सुशासनको स्थापना तथा असमको समग्र विकासका क्षेत्रमा मन्त्री सिङ्घलको निष्ठा, कार्यप्रतिको समर्पण र एकाग्रता अत्यन्तै प्रशंसनीय रहेको छ।
मुख्यमन्त्रीले माता कामाख्या र श्रीमन्त शङ्करदेव गुरुजनको श्रीचरणमा प्रार्थना गर्दै मन्त्री सिङ्घलको दीर्घायु, सुस्वास्थ्य, सुख-समृद्धि तथा उज्ज्वल भविष्य र मङ्गलमय जीवनको कामना गर्नुभएको छ।





