गुवाहाटी: असमको गुवाहाटीस्थित जलुकबारी क्षेत्रको राष्ट्रीय राजमार्ग-३७–मा गएराति भएको एक सड़क दुर्घटनामा परी कारमा सवार रहेका असम इन्जिनियरिङ कालेजका सात जना विद्यार्थीको मृत्यु भएको छ। यस दुर्घटनाको जानकारी स्थानीय पुलिसले सोमबार बिहान दिएको छ। पुलिसअनुसार कार र बोलेरो पिकअपमाझ सोझै ठोकिँदा कौशिक मोहन, कौशिक बरूवा, राजकिरण भुइँया, इमन बरूवा, अरिन्दम भोवाला, उपाँगशु शर्मा र नियर डेका (सबै विद्यार्थी)ले घटनास्थलमै ज्यान गुमाए। उनीहरू सबै तेस्रो सेमेस्टरका विद्यार्थी थिए जो छात्रावास नम्बर सातमा बस्थे। यस भिड़न्तमा कार पूर्णरूपले क्षतिग्रस्त भएको छ। सबैको शवलाई गुवाहाटी मेडिकल कलेज एण्ड हस्पिटलमा पठाइको छ। -हिस










