गुवाहाटी: सोनापुर थाना क्षेत्रको हहरा बरगोग गाउँमा आफ्नै भेनाले निर्दयतापूर्वक सालोको हत्या गरेको छ। पुलिसले बताएनुसार नशामा चुर डिम्बेश्वर बनियाले छुरीले प्रहार गरी आफ्नै सालो धर्मेन्द्र मेधीको हत्या गरे।घटनापछि डिम्बेश्वर बनियाले घटनास्थलबाट भाग्ने प्रयास गरेका थिए, तर स्थानीय मानिसहरूको सहयोगमा पुलिसले उसलाई पक्राउ गऱ्यो। गम्भीर अवस्थामा घाइते धर्मेन्द्रलाई उपचारको निम्ति सोनपुर जिल्ला अस्पतालमा भर्ती गरियो जहाँ डाक्टरले उसलाई मृत घोषित गरिदिए।घटना घटेको राती हहरा तिनालीबाट भेना-सालो एकसाथ घरमा आइपुगेका थिए। सानो कुरालाई लिएर भेना-सालोबीच भनबैरी भयो। यतिकैमा भेना सालोमाथि जाइलागे।










