असमको शोणितपुर जिल्लामा ४.४ तीव्रताको भुइँचालो

Earthquake-copy-1

गुवाहाटी: असमको शोणितपुर जिल्लामा आज (सोमबार) बिहान ८ बजेर ३ मिनट ३५ सेकेण्डमा भुइँचालोको झट्का महसुस गरियो। भुइँचालोको झट्का राज्यका अन्य कतिपय भागहरूमा पनि महसुस गरियो। हाल ज्यान-मालको क्षति भएको कुनै सूचना प्राप्त भएको छैन। राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार रेक्टर स्केलमा भूकम्पको तीव्रता ४.४ दर्ता गरियो। यसको केन्द्र असमको शोणितपुर जिल्लामा जमीनदेखि १० किलोमीटर गहिराइमा थियो। भुइँचालोको एपी सेन्टर २६.६८ उत्तरी अक्षांश तथा ९२.३५ पूर्वी देशान्तरमा अवस्थित थियो। -हिस

About Author

Advertisement