असमका सात जिल्ला बाढ़द्वारा ग्रस्त

g3sk0m7o_silchar-flood-ani-_120x90_24_June_22.jpg

गुवाहाटी: एकातिर देशभरि नै भयानक गर्मीको प्रकोप कायम छ भने अर्कोतिर पूर्वोत्तरमा अविरल वर्षाको कारणले धेरैवटा क्षेत्रमा बाढ़ीको स्थिति उत्पन्न भएको छ।

केही दिनअघि चक्रवाती तूफान रेमलको कारणले मिजोरम, मणिपुर औ असममा ठूलो क्षय-क्षति भएको देख्न पाइयो। यसबीच असममा अहिले पनि सातवटा जिल्लाहरू बाढ़द्वारा प्रभावित भएका छन्। राज्यका दुईवटा नदी तीन ठाउँ खतराको निशानदेखि माथि बगिरहेका छन्। बाढ़ीले अहिले पनि सातवटा जिल्लाका २९३ गाउँहरू प्रभावित भइरहेका छन्।

राज्य आपदा प्रबन्धन विभागद्वारा जारी सूचना अनुसार कपिली नदी कामपुर र धरमतुल तथा कुशियारा नदी करिमगंजमा खतराको निशानदेखि माथि बगिरहेका छन्। बाढ़ीद्वारा प्रभावित सातवटा जिल्लाहरूमा क्रमैले मोरीगाउँ, होजाई, कछार, हैलाकांदी, नगाउँ, करिमगंज, कार्बी आंगलोंग पश्चिम सामेल छन्।

बाढ़ीको कारणले मोठ १८ राजस्व सर्कल प्रभावित भएका छन् जसमा कछार जिल्लाका ४ (उदारबंद, काटिगोरा, सोनाई र सिलचर), हैलाकांदीका २ (हैलाकांदी र अल्गापुर), होजाईका ३ (डबका, होजाई र लंका), कार्बी आंगलोंग पश्चिमका १ (डोनकामोकाम), करिमगंजका ३ (पाथारकांदी, नीलामबाजार र करिमगंज), मोरीगाउँका २ (मोरीगाउँ र मायोंग) एवं नगाउँका ३ (कामपुर, रोहा र नगाउँ) सामेल छन्।

बाढ़ी प्रभावित गाउँहरूको कुरा गर्नु हो मोरीगाउँ जिल्लामां ६३, होजाईमा ९, कछारमा ८४, हैलाकांदीमा ५, नगाउँमा १०७, करिमगंजमा २०, कार्बी आंगलोंग पश्चिम जिल्लामा ५5 गाउँ अर्थात समग्रमा २९३ गाउँहरू प्रभावित भएका छन्। बाढ़ीले मोठ १,२९,५०५ मानिसहरूलाई ग्रस्त बनेको छ भने ५७०२.१ हेक्टेयर फसल नष्ट बनाइदिएको छ। प्रशासनद्वारा बाढ़ी पीड़ितहरूको लागि १६,९४७ राहत शिविरहरू बनाइएको छ भने १५,४८१ राहत वितरण केन्द्र खोलिएको छ जहाँ प्रभावितहरूको लागि खाने-पिउने सामग्रीहरू वितरण गरिँदैछ।

About Author

Advertisement