अष्ट्रेलिया नफर्किएर विमानबाट ओर्लिए रिकी पोण्टिंग

IMG-20250512-WA0175

नयाँ दिल्ली: पञ्जाब किंग्सका मुख्य प्रशिक्षक रिकी पोण्टिंग भारत र पाकिस्तानबीच संघर्ष विराम लागू भएपछि स्वदेश फर्किने तयारीमा थिए तर उनी अन्तिम समयमा विमानबाट ओर्लिए। अष्ट्रेलियाई दिग्गजसँग स्वदेश फर्किने विकल्प थियो तर उनले चिन्तित यात्रीहरूले भरिएको विमानबाट अन्तिम समयमा ओर्लिएर भारतमै बस्ने फसेला गरे। पोण्टिंग दिल्लीमै बसे। यसको साथमा उनले पञ्जाब किंग्सका विदेशी खेलाड़ीहरूलाई पनि आफूसँग रोकेर राखे, जो दुई देशबीच युद्धको सम्भावनालाई देखेर चिन्तित थिए। पञ्जाब किंग्सका मुख्य कार्यकारी अधिकारी (सीईओ) सतीश मेननले वर्ल्ड कप विजेता कप्तानद्वारा विदेशी खेलाड़ीहरूका पूरा ग्रुपसँग गरिएको प्रेरणादायी बातचीतलाई उल्लेख गर्दै यसले पोण्टिंगको व्यक्तित्वलाई दर्शाएको बताए। केवल उनले यस्तो गर्न सक्छन्। गत बिहीवार आईपीएल २०२५-को म्याच बीचमा रद्द भएपछि धर्मशालाबाट दिल्लीसम्म ट्रेनको माध्यमले यात्रा गर्ने खेलाड़ीहरूका ग्रुपमा मार्कस स्टोइनिस, आरोन हार्डी, जोश ईंग्लिश र जेवियर बार्टलेट (सबै अष्ट्रेलियाका) सामेल थिए। विदेशी खेलाड़ीहरूलाई यस प्रकारको स्थिति (युद्ध जस्तो)-को आदत हुँदैन। यसैकारण उनीहरू चिन्तित हुनु स्वाभाविक थियो। स्टोइनिस पनि स्वदेश फर्किन चाहन्थे तर पोण्टिंगले युद्ध विरामपछि उनीहरूलाई भारतमा रहनको निम्ति राजी गरे। भारतबाट स्वदेश फर्किने मार्को यानसन एकमात्र विदेशी खेलाड़ी रहे, जो अन्तिम एकादशमा साममेल थिए। आईपीएल फेरि शुरु गरिने घोषणापछि पञ्जाब असल स्थितिमा छ कारण टीमका अधिकांश स्थानीय र विदेशी खेलाड़ीहरू भारतमै छन्।

About Author

Advertisement