अष्ट्रेलियाविरुद्ध सीरीजको निम्ति न्यूजील्याण्ड टी२० टीमको घोषणा

IMG-20250918-WA0001

वेलिंगटन: न्यूजील्याण्डले अष्ट्रेलियाविरुद्ध आउँदो टी२० इण्टरनेशनल सीरीजको निम्ति टीमको घोषणा गऱ्यो, जसमा काइल जेमिसन र बेन सियर्सलाई स्थान दिएको छ। यी दुईजना पेस बलर जिम्बाब्वेमा भएको त्रिदेशीय सीरीजमा न्यूजील्याण्ड टीमको हिस्सा थिएनन्। जेमिसन आफ्नो पहिलो नानीको जन्मले गर्दा अनि सियर्स चोटले गर्दा मैदानदेखि बाहिर थिए। यसबीच नियमित कप्तान मिचेल सेण्टनरको अनुपस्थितिमा माइकल ब्रेसवेलले ३ वटा म्याचको टी२० इण्टरनेशनल सीरीजमा कप्तानी सम्हाल्नेछन्। ब्रेसवेलले अहिलेसम्म १० वटा टी२०आई म्याचमा न्यूजील्याण्डको कप्तानी गरेका छन्। सीरीजको पहिलो म्याच १ अक्टोबरमा खेलिनेछ। तीनैवटा म्याच बे ओवल मैदानमा हुनेछ।
न्यूजील्याण्डको टी२० टीम यसप्रकार छः माइकल ब्रेसवेल (कप्तान), मार्क चापम्यान, डेवोन कनवे, जेकब डफी, ज्याक फल्क्स, म्याट हेनरी, बेवोन जेकब्स, काइल जेमिसन, डेरिल मिचेल, रचिन रविन्द्र, टिम रबिन्सन, बेन सियर्स, टिम साइफर्ट र ईश सोढ़ी।

About Author

Advertisement