अष्ट्रेलियाविरुद्ध दोस्रो टेस्टमा भारतको १० विकेटले हार

IMG-20241208-WA0137

एडिलेड: भारतले अष्ट्रेलियाविरुद्ध डे-नाइट दोस्रो क्रिकेट टेस्ट म्याचमा १० विकेटले निराशाजनक हारको सामना गर्नु पऱ्यो। यसअघि पर्थमा खेलिएको पहिलो टेस्ट म्याचमा २९५ रनले पराजित हुने आयोजक टीमले असाधारण पुनरागमन गर्दै दोस्रो टेस्टमा रोहित शर्माको कप्तानीमा रहने भारतलाई कुनै मौका दिएन। यस जीतको साथै अष्ट्रेलियाले ५ वटा टेस्ट म्याचको बोर्डर गावस्कर टेस्ट सीरीजमा १-१-को बराबरी हासिल गऱ्यो। म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै भारत पहिलो ईनिंग्समा केवल १८० रन बनाएर अलआउट भएको थियो। त्यसपछि अष्ट्रेलियाले ३३७ रन बनाएर पहिलो ईनिंग्सको आधारमा १५७ रनको बढ़त हासिल गऱ्यो। भारतले पछिबाट आफ्नो दोस्रो ईनिंग्समा १७५ रन बनाएर ईनिंग्सको हारलाई टारे पनि अष्ट्रेलियालाई जीतको निम्ति केवल १९ रनको लक्ष्य दिन सक्यो। यस लक्ष्यलाई अष्ट्रेलियाले कुनै विकेट नगुमाइ केवल २० बलमा हासिल गऱ्यो। यसरी भारतले तेस्रो दिन नै हारको सामना गर्नु पऱ्यो। अष्ट्रेलियाबाट दोस्रो ईनिंग्समा नाथन म्याकस्वीनीले अविजित १० र उस्मान ख्वाजाले अविजित ९ रन बनाए।

यसअघि आज शनिवारको स्कोर ५ विकेटमा १२८ रनदेखि अघि खेल्दै भारतीय टीम १७५ रनमा अलआउट भयो। रिषभ पन्त आज २८ रनको स्कोरमै आउट भए। त्यसपछि अलराउण्डर नीतिश कुमार रेड्डीले तल्लो क्रमबाट ब्याटरहरूसँग मिलेर टीमलाई ईनिंग्सको हारबाट बचाए। भारतको दोस्रो ईनिंग्समा सातौं नम्बरमा ब्याटिंग गर्ने रेड्डीले सर्वाधिक ४२ रन बनाए। उनले ४७ बल खेलेर ६ वटा चौका र एउटा छक्का लगाए। भारतको तल्लो क्रममा रविचन्द्रन अश्विन र मोहम्मद सिराजले ७-७ रन बनाए। अष्ट्रेलियाई बलरहरूमा कप्तान प्याट कमिन्सले सर्वाधिक ५ विकेट लिए। यसबाहेक स्कट बोलाण्डले ३ र मिचेल स्टार्कले २ विकेट लिए। अष्ट्रेलियाको पहिलो ईनिंग्समा १४० रन बनाउने ट्रेविस हेडले प्लेयर अव् द म्याचको पुरस्कार जिते।

About Author

Advertisement