एडिलेड: भारतीय महिला टीमले तेस्रो तथा निर्णायक टी२० इण्टरनेशनल क्रिकेट म्याचमा अष्ट्रेलियालाई १७ रनले पराजित गरी ३ वटा म्याचको सीरीज २-१ ले जित्यो। यो भारतीय महिला क्रिकेट टीमको अष्ट्रेलियामा पहिलो टी२० सीरीज जीत हो। म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनायो। त्यसपछि आयोजक अष्ट्रेलियाले २० ओभरमा ९ विकेट गुमाएर १५९ रन मात्र बनाउन सक्यो। १७७ रनको लक्ष्यलाई पीछा गर्दै अष्ट्रेलियाले ३२ रनमै ३ विकेट गुमायो। त्यहाँबाट टीमले सक्दो प्रयास गरे पनि लक्ष्य हासिल गर्न सकेन। एश्ले गार्डनरले सर्वाधिक ५७ रन बनाइन्। गार्डनरले ४५ बल खेलेर ५ वटा चौका र एउटा छक्का लगाइन्। यसबाहेक फोएबो लिचफील्डले २६ रनको योगदान दिइन्। भारतीय बलरहरूमा श्रेयांका र श्री चरणीले ३-३ विकेट हासिल गरिन्। यसअघि पहिला ब्याटिंग गर्दै भारतले शेफाली वर्मा (७ रन)-लाई शुरुमै गुमायो। केवल १९ रनमा पहिलो विकेटको पतनपछि मन्धना र जेमिमाले दोस्रो विकेटको निम्ति १२१ रनको पार्टनरशीप गरिन्, जुन टी२०आई-मा भारतको दोस्रो विकेटको निम्ति सबैभन्दा ठूलो पार्टनरशीप हो। जेमिमाले ४६ बल खेलेर ४ वटा चौकाको साथ ५९ रन बनाइन् जबकि मन्धनाले ८ वटा चौका र ३ वटा छक्काको साथ ५५ बलमा ८२ रन बनाइन्। यी दुईजनाबाहेक विकेटकीपर-ब्याटर रिचा घोषले १८ रन बनाइन्। अष्ट्रेलियाई बलरहरूमा एनाबेल सदरल्याण्डले सर्वाधिक २ विकेट हासिल गरिन्। स्मृति मन्धनाले प्लेयर अव् द म्याचको ट्रफी जितिन् ।









