अष्ट्रेलियाई टी२० टीममा मिच ओवेन र स्पिनर कुहनेम्यानलाई स्थान

IMG-20250604-WA0286

मेलबर्न: स्टार अलराउण्डर मिचेल मार्शलाई आउँदो महिना वेष्ट इण्डिज यात्रामा खेलिने टी२० सीरीजको निम्ति १६ सदस्यीय अष्ट्रेलियाई टीमको कप्तान नियुक्त गरिएको छ। अष्ट्रेलियाले जमैका र सेण्ट किट्समा वेष्ट इण्डिजविरुद्ध ५ वटा टी२० म्याचको सीरीज खेल्नेछ। घरेलु क्रिकेटमा फर्मको आधारमा आक्रामक ब्याटर मिच ओवेन र स्पिनर म्याट कुहनेम्यानलाई टीममा सामेल गरिएको छ जबकि क्यामरन ग्रीन र कूपर कोनोली पनि चोटमुक्त भएर टीममा फर्किएका छन्। रोयल च्यालेञ्जर्स बेंगलुरुलाई आईपीएल च्याम्पियन बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पेस बलर जोश हेजलवुडलाई पनि टीममा स्थान दिइएको छ। यसबीच ज्याक फ्रेजर-म्याकगर्क, मार्कस स्टोइनिस र जेवियर बार्टलेटलाई टीममा स्थान प्राप्त भएन जबकि प्याट कमिन्स, ट्रेविस हेड र मिचेल स्टार्कलाई विश्राम दिइएको छ। अष्ट्रेलियाई चयन समितिका अध्यक्ष जर्ज बेलीले बताएअनुसार, यो सीरीज आउँदो साल भारत र श्रीलंकामा हुने टी२० वर्ल्ड कपको तयारीहरूको दृष्टिकोणले महत्त्वपूर्ण हुनेछ।
वेष्ट इण्डिजविरुद्ध सीरीजको निम्ति अष्ट्रेलियाई टी२० टीम यसप्रकार छः मिचेल मार्श (कप्तान), सीन एबट, कूपर कोनोली, ग्लेन म्याक्सवेल, मिच ओवेन, म्याथ्यू शर्ट, एडम जाम्पा, बेन ड्वार्शिस, नाथन एलिस, क्यामरन ग्रीन, आरोन हार्डी, जोश हेजलवुड, जोश ईंग्लिश, स्पेन्सर जनसन र म्याट कुहनेम्यान।

About Author

Advertisement