२९ जनवरीः बेलारुसकी एरिना सबालेंकाले कजाकिस्तानकी एलिना रायबाकिनालाई पराजित गरी अष्ट्रेलियन ओपनको महिला एकल खिताब जितिन्। रड लेवर एरेनामा खेलिएको रोमाञ्चक फाइनलमा सबालेंकाले रायबाकिनालाई ४-६, ६-३, ६-४-ले पराजित गरिन्। यो सबालेंकाको पहिलो ग्राण्ड स्ल्याम खिताब हो। उनले यसअघि विम्बल्डन (२०२१) र यूएस ओपन (२०२१, २०२२)-को सेमिफाइनलमा स्थान बनाएकी थिइन्।

सबालेंकाले यस साल आफ्नो सबै ११ वटा म्याच जितेकी छन् अनि यस अवधि उनले केवल एक सेट गुमाएकी छन्। यसको साथै उनले रायबाकिना विरुद्ध आफ्नो चारैवटा म्याच जितेकी छन्। गत वर्ष विम्बल्डनको खिताब जित्ने रायबाकिनाले फाइनलमा पहिलो सेट जितेपछि आफ्नो लय गुमाइन्।









