अवैध रक्सी उत्पादन व्यवसाय बन्द गर्न महिलाहरूले दिए ज्ञापनपत्र

IMG-20240705-WA0198

कोचबिहार: कोचबिहारको बाराविटा गाउँमा अवैध रक्सी उत्पादनको कारोबार बन्द गर्न गाउँका महिलाले तुफानगञ्ज विभागीय शासकको कार्यालय र अन्तःशुल्क विभागको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। तुफानगञ्ज नम्बर १ ब्लकको चिल्लाखाना २ ग्राम पञ्चायतको बाराविटा गाउँमा लामो समयदेखि अवैध रक्सी बनाउने कारोबार भइरहेको बताइएको छ। अवैध रुपमा रक्सी बनाउने र बिक्री गर्ने व्यवसायले गाउँका युवाहरु मारमा परेको गाउँका महिलाहरुको गुनासो छ। उनीहरूले गाउँमा चोलाई रक्सीको कारोबार रोक्न शुक्रबार तुफानगञ्ज विभागीय शासक र तुफानगञ्ज अन्तःशुल्क कार्यालयलाई ज्ञापनपत्र दिएका छन्। उनले गाउँमा अवैध रक्सी बनाउने व्यवसाय बन्द नगरे चर्को आन्दोलनमा उत्रिने समेत बताए।

About Author

Advertisement