अवैध बालुवा लागेको आरोपमा एक जना पक्राउ

IMG-20241206-WA0161-copy

सिलगढी: अवैध रुपमा बालुवा लागेको आरोपमा पुलिसले चार चक्के गाडीलाई नियन्त्रणमा लिएको छ। राज्य पुलिस प्रशासनको आदेश अनुसार उत्तर बंगालमा खोलाबाट बालुवा ढुङ्गा ओसारपसार गर्न पूर्णरुपमा प्रतिबन्ध लगाइएको भए पनि धेरै व्यापारीहरुले नदीबाट बालुवा लागिरहेको आरोप छ। पुलिसले अवैधानिक बनाएर ट्रकको सट्टा साना चार चक्क्के सवारीसाधन प्रयोग गरी बालुवा वा ढुंगा बेच्ने गरेको आरोप छ।

गोप्य स्रोतबाट प्राप्त सूचनाका आधारमा बिहीबार एनजेपी पुलिस चौकीले फुलबारी महानन्द ब्यारेज नजिकैको नहर सडकमा बालुवा बोकेको गाडीमा छापा मारेर एक जनालाई पक्राउ गरेको छ। यस मामिलामा उजिर हुसेन नामका बालुवा व्यापारी पक्राउ परेका छन्  उनलाई शुक्रबार जलपाईगढी अदालतमा पेश गरियो।

About Author

Advertisement