अवैध प्रेममा पागल बनेपछि यस्तो…

IMG-20240603-WA0164-copy

कोचबिहार: आफ्नो चार वर्ष तीन महिनाको नानीलाई छोडेर एउटी महिला अवैध प्रेममा पागल भएको समाचार छ। घटना पश्चिम बंगालको कोचबिहारको हो। कोचबिहारको राजबाडीको गेट अगाडि श्रीमानले श्रीमती र प्रेमीलाई रंगेहात समातेका छन्। घटना सार्वजनिक हुनेबित्तिकै आक्रोशित भीडले आरोपी महिला र उनको प्रेमीमाथि हमाला गरे। यस सम्बन्धमा महिलाकी श्रीमानले भने, ‘६ महिनासम्म मैले केटालाई हाम्रो सुन्दर परिवार रहेको कुरा बुझाएको थिएँ। हामीसँग एक जना नानी पनि छ। मेरी श्रीमती डाक्टरलाई देखाउन मारुगञ्जबाट कोचबिहार गएकी थिइन्। यहाँ आएपछि मैले उनलाई त्यो केटासँग देखेँl’ पुलिस आइपुग्नुअघि नै आरोपित केटा त्यहाँबाट भागेको बताइएको छ। यहाँ पुरुषले घटनास्थलमै श्रीमतीलाई पुलिसलाई बुझाएका छन्।

About Author

Advertisement