अवैध निर्माणहरूमाथि हाम्रो पार्टीले मुख्यमन्त्रीलाई पत्रचार गर्ने

IMG-20230408-WA0214.jpg

दार्जीलिङ: अवैध निर्माण विरूद्व हाम्रो संघर्ष निरन्तर रहनेछ यो मन्तव्य हाम्रो पार्टीको केन्द्रीय महासचिव फुर्तेम्बा भोटियाले पोखेका हुन्।अवैध निर्माणहरूको विरोध जनाउँदै आज हाम्रो पार्टीले शहरको नेरू रोडस्थित एक निर्माण कार्य अघि विरोध प्रदर्शन गरेको छ। यसै सन्दर्भमा हाम्रो पार्टीको केन्द्रीय महासचिव फुर्तेम्बा भोटियाले अवैध निर्माण विरूद्व हाम्रो सघर्ष जारी रहनेछ भन्ने बताएका छन्। दार्जीलिङ नगरपालिकामा हाम्रो पार्टीको बोर्ड छँदा अवैध निर्माणहरूको सूची जारी गरेर ती अवैध निर्माणहरू विरूद्व कानुनी कार्वाहीहरू गर्दै आईरहेको थियो जसको कारणले गर्दा दार्जीलिङमा अवैध निर्माणहरूमाथि रोक लागेको थियो तर रूपियाँ पैसाको खेलमा हाम्रो पार्टीको बोर्ड तोड्ने कार्य भएपछि अहिले भागोप्रमो र तृणमूल काग्रेसको गठबन्धन बोर्ड रहेको छ। यो बोर्डले अवैध निर्माणहरूको निर्माण कार्यलाई खुल्ला छुट दिएको हुनाले दार्जीलिङमा अवैध निर्माणहरूको निर्माण कार्यहरू तीव्र गतिमा बडिरहेको छ हाम्रो पार्टीको महासचिव फुर्तेम्बा भोटियाले बताएका छन्। महासचिव भोटियाले भने, अवैध निर्माणहरूमाथि अविलम्ब रोक लगाउनु पर्ने मांग गर्दै हामी नगरपालिकालाई पत्रचार गर्ने छौं। यसमाथि पनि उनीहरूले अवैध निर्माणमाथि रोक नलगाए हामी राज्यको सम्बन्धित मन्त्रालय साथै मुख्यमन्त्री ममता ब्यानर्जीलाई पनि पत्रचार गर्नेछौं।’

About Author

Advertisement