अवैद्य नशालु क्यापसुल सहित युवक पक्राउ

IMG-20220607-WA0111.jpg

कालचिनी। दलसिंहपाड़ा जीएसटी नाका मोड़मा सोमबार अबेर साँझ नाका जाँच चलिरहेको ‌बेला जयगाउँ थानाको पुलिसबलले एकजना मदारीहाट राङ्गालीबाजना क्षेत्रका बासिन्दा लाजिबुल हुसैनलाई १००८० वटा अवैद्य नशालु क्यापसुल स्पाज्मो प्रोक्सीभिनसहित पक्राउ गरेको जानकारी जयगाउँ थाना प्रभारी प्रबिर दत्ताले दिएका छन। पक्राउ परेका युवकलाई एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरिएको र आज जलपाईगढी जिल्ला अदालतमा पठाएको जनाएका छन्।

About Author

Advertisement