अवधि पुरा भएपछि नयाँ बिल्डिंग प्लान लिन पर्ने आदेश

18-14-30-court-e1619535409607.jpg

कोलकाता: कोलकाता हाइ कोर्टको डिबिजन बैंचले नयाँ आदेश दिए अनुसार पुरानो बिल्डिंग प्लानको अवधि समाप्त भएपछि नयाँ बिल्डिंग प्लान लिन पर्ने जरुरी हुने छ। बिल्डिंग प्लान अब उसो विस्तार (एक्सटेन्सन) नहुने बताएका छन्।यसको निम्ति नयाँ बिल्डिंगको प्लानको मन्जुरी लिन पर्नछ।जस्टिस अरिजित बेनर्जी र राई चक्रवर्तीको डिभिजन बैंचले यो आदेश दिएको छ। सिंगल बैंचको एक फैसलाको विरोधमा केएमसीको तर्फबाट अपिल दायर गरेको थियो।अधिवक्ता अमृता पान्डेले यो जानकारी दिँदै बताएका छन् कि आद्या रेसिडेन्सीको एक बिल्डिंग प्लानको २०१५ मा मंजुरी दिएको थियो औ २०२२ को फरवरिमा यसको मोयाद समाप्त हुन गइरहेको छ। तर हालसम्म पनि निर्माण कार्य पुर्ण हुन सकेको छैन। कालिघाट थानामा एक नोटिस जारी गरेर निर्माण कार्य रोक्ने आदेश दिइएको थियो। केएमसीबाट बिल्डिंग प्लान विस्तारको अनुमति प्राप्त नभएपछि पिटिशनरको तर्फबाट हाई कोर्टमा रिटको अर्जी चडाएको थियो।

About Author

Advertisement