गान्तोक: अल सिक्किम स्टुडेन्ट्स वेलफेयर फोरमले आज मनन केन्द्रमा राज्यस्तरीय तर्क प्रतियोगिता आयोजन गऱ्यो। आजको कार्यक्रममा मुख्य अतिथिको रूपमा मुख्य सूचना आयुक्त सीपी आयुक्त उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा गरीब जनकल्याण प्रकोष्ठका प्रमुख संरक्षक प्रभाकर गोले उपस्थित थिए। आजको तर्क प्रतियोगिता बुर्तुक ल कलेज बनाम नाम्ची सरकारी विश्व विद्यालयमाझ भयो। आजको तर्कको विषय मानव अंग वेच बिखान ठीक हो / होइन भन्ने रहेको थियो। दुई दलका तार्किकहरुले पक्ष अनि विपक्ष मा आ- आफ्नो तर्क पेश गरे। आजको तर्कमा नाम्ची विश्वविद्यालय विजयी बनेर अर्को राउण्डमा प्रवेश गरेको छ। कार्यक्रमलाई संविधान गर्दै मुख्य अथिति ढकालले समाजमा तर्कको महत्वबारे प्रकाश पार्दै विद्यार्थीहरुले अध्ययनको बानी बसाल्नु पर्ने विचार पोखे। यो राज्य स्तरीय तर्क प्रतियोगिताको फाइनल आगामी फरवरी महिनामा हुनेछ।









