अल गोर्खा विद्यार्थी संगठनको रेलीको कार्यक्रम

IMG-20230828-WA0293.jpg

दार्जिलिङ: दिनांक २८ अगस्त २०२३-को दिन अल गोर्खा बिद्यार्थी संगठनले स्वर्गीय गोर्खे चेलीको निर्मम हत्याकाण्डको घोर बिरोध जनाउँदै न्यायको निम्ति मैदानमा उत्रिएर रेली प्रदर्शन गरे। पहाड़ भरिका बिद्यार्थीहरु एकजुट भई यस घट्नाको घोर बिरोध जनाउँदै प्रशासनले आरोपी महम्मद अब्बासलाई कड़ा भन्दा कड़ा सजाय दिएको हुनुपर्छ भन्ने मांग राखे‌। एक बिद्यार्थीमाथि भएको जघन्य हत्याको बिरोधमा सम्पूर्ण बिद्यार्थीहरु एक भएर दार्जिलिङ परिसर वरिपरी रेली निकाले। यस रेलीमा हाम्रो पार्टीका हाम्रो युवा एकाईका संयोजक राब्गे खालिङ साथै अन्य युवा एकाईका सदस्यहरु पनि सामेल थिए।

About Author

Advertisement