अलिपुरद्वार: विद्यार्थीहरूलाई अन्तरिक्ष अनुसन्धानको बारेमा जागरूक तथा प्रेतित गर्नको लागि इसरोद्वारा संचालित ‘स्पेस अन व्हील्स’ कार्यक्रमको बस आज फालाकाटा ब्लक अन्तर्गत खिरेरकोटे हाई स्कूल आइपुग्यो।
त्यसपछि स्कूल प्रबन्धकको पक्षबाट रिबन काटेर विद्यार्थीहरूको लागि प्रदर्शनीको उद्घाटन गरियो। यस अवधि विद्यार्थीहरूमा ठूलो उत्साह देखियो। बसभित्र विद्यार्थीहरूलाई उपग्रहहरू, प्रक्षेपण यान, चन्द्रयान, मंगलयान, भारतीय अन्तरिक्ष अनुसन्धानसित सम्बन्धित विभिन्न क्षेत्रहरूमा उपग्रहको रूपमा देखियो।
यस अवसरमा स्कूल म्यानेजमेन्ट एसोसिएशनका चेयरम्यान जगदीश राय, स्कूलका सहायक प्रधानाध्यापक आकाश भगत, स्कूलको स्वर्ण जयन्ती उत्सव कमिटीका संयुक्त सचिव कनु सरकार औ अन्य उपस्थित थिए।
उल्लेखनीय छ, इसरोको स्पेस अन व्हील्स एकाई छात्राहरूमा अन्तरिक्ष विज्ञानप्रति रूचि जगाउनको लागि बनाइएको हो। यस बसले इसरोको इतिहासको झलक देखाउँछ। यसमा पहिलो उपग्रह प्रक्षेपण यानदेखि लिएर नवीनतम उपग्रह प्रक्षेपण यानको सानो मोडल छ। उपग्रहको मोडलसँगसँगै उनीहरूको उद्देश्य बारे व्याख्यात्मक विवरण पनि दिइएको छ।









