अलिपुरद्वार: अलिपुरद्वारमा भएको ३९औं नक्आउट फूटबल टुर्नामेण्टमा युनाइटेड फूटबल क्लब दार्जीलिङ च्याम्पियन बन्यो। शनिवार खेलिएको रोमाञ्चक फाइनलमा युनाइटेड दार्जीलिङले बीएसके बलरामविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। प्रशिक्षक बिशाल बान्तावा र म्यानेजर प्रसन सुब्बाको मार्गदर्शनमा खेलिरहेको विजेता टीमबाट एकमात्र गोल राज थापाले ७५औंं मिनटमा गरे। च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ७० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

यसरी रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। युनाइटेड दार्जीलिङका राज थापाले प्लेयर अव् द म्याच, लाक्पा पाख्रिनले हाईएस्ट स्कोरर र सन्दीप रावतले बेस्ट गोलकीपरको पुरस्कार जिते।









