कालेबुङ: स्पोर्टिंग क्लब अलगड़ाको तत्त्वावधानमा आयोजित अलगड़ा गोल्ड कप आमन्त्रणी फूटबल टुर्नामेण्टमा सीएसए (छुजाचेन स्पोर्ट्स एकाडमी) सिक्किमले फाइनलमा प्रवेश गऱ्यो। अलगड़ा खेल मैदानमा शुक्रवार खेलिएको दोस्रो सेमिफाइनल म्याचमा सीएसए सिक्किमले सिङलिङ स्पोर्टिंग क्लब (सिक्किम)-विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। म्याचको नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। त्यसपछि अतिरिक्त समयको पहिलो हाफमा ओंगदा लेप्चाले गोल गरी सीएसए सिक्किमलाई जीत दिलाए। टीमको निम्ति अन्य एउटा गोल जसमान गुरुङले गरे। यसरी सिङलिङ स्पोर्टिंग क्लबको तर्फबाट उत्तम राईले गोल गरे। ओंगदा लेप्चाले प्लेयर अव् द म्याच को ट्रफी जिते। अब आइतवार (१५ मार्च) खेलिने टुर्नामेण्टको फाइनलमा आरएसए बिजनबारी र सीएसए सिक्किमबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।








