अर्पितालाई दोस्रो पटक ईएसआई अस्पताल लगियो

कोलकता: अर्पिता मुखर्जीलाई दोस्रो पटक जोकाको ईएसआई अस्पतालमा लगियो। शनिबार पक्राउ परेपछि ईएसआई अस्पतालमा तीन घण्टासम्म उनको स्वास्थ्य परीक्षण गरिएको थियो। अर्पितालाई आइतबार बिहान फेरि ईएसआई अस्पताल लगिएको थियो। अर्पिताको स्वास्थ्य परीक्षणपछि आइतबार नै अदालत लगिनेछ।
अर्पिता मुखर्जीलाई शनिबार साँझ उनको फ्ल्याटबाट पक्राउ गरिएको हो। ईडीले शुक्रबार रातिदेखि उनको फ्ल्याटमा खोजी अभियान सुरु गरेको थियो। यस छापामारमा ईडीका अधिकारीहरूले उनको फ्ल्याटबाट २१ करोड रुपैयाँ नगद, २० मोबाइल फोन, लाखौं रुपियाँका गहना र धेरै महत्त्वपूर्ण कागजातहरू बरामद गरे। यसपछि उनलाई पक्राउ गरिएको हो। स्रोतअनुसार शनिबार राति उनलाई ईएसआई अस्पतालबाट स्वास्थ्य परीक्षण गराएपछि सीजीओ कम्प्लेक्समा लगिएको थियो। ईडीका अधिकारीहरूले शनिबार राति उनीसँग सोधपुछ गरे। आइतबार बिहान उनलाई फेरि जोकास्थित ईएसआई अस्पतालमा स्वास्थ्य परीक्षणका लागि लगिएको थियो।

About Author

Advertisement