अर्पिताको फ्ल्याटबाट भेटियो सेक्स टोय

कोलकाता: प्रवर्तन निदेशालय (ईडी) ले पश्चिम बङ्गालमा शिक्षक भर्ती घोटालामा विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ। यसैबीच, अर्पिता मुखर्जीको फ्ल्याटबाट करिब ५० करोड रुपियाँ नगद र सुनका गहनाहरू बाहेक, ईडीले दुईवटा सेक्स टोय पनि फेला पारेको छ। मिडिया रिपोर्टका अनुसार ईडीले खोजीका क्रममा यी सेक्स टोयहरू फेला पारेको थियो। यद्यपी यी सेक्स टोय कसले किनेको हो भन्ने खुल्न सकेको छैन तर यसबाट धेरै प्रश्न उठिरहेका छन्। फ्ल्याट अर्पिताको भएको बेला उनले प्रयोग गरिरहेकी थिइनन् भन्ने सबैभन्दा ठूलो प्रश्न उठेको छ।

अर्पिताको फ्ल्याटबाट सेक्स टोय भेटिएको खबर आएपछि बंगाली अभिनेत्री श्रीलेखा मित्राले यो खबरको स्क्रिनसट सेयर गरेकी छिन्। यससँगै उनले ट्विट गर्दै लेखेकी छिन्,  ‘अरे! पार्थबाबुको इच्छा हुन सक्दैन कि क्या हो? एज नो बार, कास्ट नो बार, सेक्स बारबार। के पार्थ फेल भयो? देश जान्न चाहन्छl’ रिपोर्टका अनुसार छापा मार्दा अर्पिताको फ्ल्याटबाट सुन र हिराको औंठी पनि फेला परेको छ जसमा अंग्रेजी अक्षर ‘पी’ बनेको छ। यसबाहेक चाँदीको कचौरा पनि बरामद भएको छ। बंगाली समाजमा नवविवाहित जोडीलाई चाँदीको कचौरा दिइन्छ भन्ने मान्यता छ। यो कचौरामा दियो बाल्नु आउने पुस्ताका लागि राम्रो हुने बताइन्छ। तर, पति छोडेर गएकी अर्पिताको फ्ल्याटबाट यी सबै कुरा फेला पर्दा अचम्म मानेका छन्।

About Author

Advertisement