अरुणाञ्चल: राज्यमा ३० उत्कृष्ट विद्यार्थीलाई ‘गोल्डेन जुब्ली मेरिटोरियस स्टुडेन्ट्स अवार्ड’ प्रदान

FB_IMG_1789039741623

ईटानगरः अरुणाञ्चल प्रदेश सरकारको प्रारम्भिक शिक्षा निर्देशनालय अन्तर्गत स्थापना गरिएको ‘गोल्डेन जुब्ली मेरिटोरियस स्टुडेन्ट्स अवार्ड’ (जीजेएमएसए) कार्यक्रम आयोजना गरी शैक्षिक सत्र २०२४-२५ का लागि ३० जना उत्कृष्ट विद्यार्थीहरूलाई सम्मानित गरिएको छ।
​मुख्यमन्त्री पेमा खाण्डूले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उत्कृष्टताको पहिचान गर्नु पुरस्कार दिनु मात्र नभई युवा मनहरूलाई उच्च लक्ष्य राख्न प्रेरित गर्नु रहेको बताएका छन्। सरकारी तथा निजी विद्यालयका कक्षा ३ देखि १२ सम्मका राज्यस्तरीय ३० जना मेधावी विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक उपलब्धि र कडा परिश्रमका लागि यो सम्मान प्रदान गरिएको हो।
​मुख्यमन्त्री खाण्डूले सबै पुरस्कृत विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको यस उपलब्धिले अरुणाञ्चल प्रदेशका अन्य थुप्रै युवाहरूलाई ठूला सपना देख्न र उत्कृष्टतातर्फ अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

About Author

Advertisement