अयोध्यासँगै काेचबिहारमा पनि श्रीराम लल्लाको प्राण प्रतिष्ठा समारोह

IMG-20240122-WA0224.jpg

केन्द्रीय राज्यमन्त्री निशिथ प्रामाणिक भये उपस्थित

कोचबिहार। आज एकातिर अयोध्यामा श्रीराम लल्लाको प्राण प्रतिष्ठा गरियो भने अर्कोतिर कोचबिहार जिल्लाको टेंगनमारी क्षेत्रको राम मन्दिरमा राम लल्लाको अभिषेक गरियो। यस कार्यक्रममा केन्द्रिय गृह राज्यमन्त्री निशिथ प्रामाणिक उपस्थित थिए। उल्लेखनीय छ, कोचबिहारको २ नम्बर ब्लक अन्तर्गतको टेंगोनमारी हरमकोटी क्षेत्रमा अयोध्याको राम मन्दिरको नक्कलमा मात्र १५ दिनमा राम मन्दिर निर्माण भएको थियो। यस मन्दिरमा रामललाको प्राणप्रतिष्ठालाई लिएर स्थानीय बासिन्दाको उत्साह देख्ने लायकको थियो।

मन्दिरमा बिहानैदेखि भक्तजनको भीड जमेको देखियो भने अयोध्याको राम मन्दिरसँगै यहाँको राम मन्दिरमा पनि प्राण प्रतिष्ठा सम्पन्न गरिएको थियो।

About Author

Advertisement