खरसाङ: उत्तर प्रदेशको प्रसिद्ध धार्मिक स्थल अयोध्या राम मन्दिरबाट पुजित दिव्य कलश यात्रा अवधि तीनधारे वरिपरिस्थित विभिन्न मन्दिर अघि हिन्दू धर्मावलम्बीहरूले दर्शन गरेको एवं हृदयबाट नै स्वागत जनाएको जानकारी प्राप्त भएको छ। सो दिव्य कलश यात्रा राष्ट्रिय राजमार्ग भएर जाँदा विभिन्न मन्दिर अघि भक्तहरूलाई दर्शन साथै मन्दिरहरूलाई स-साना कलशहरू प्रदान गरिएको आयोजक कमिटीबाट थाहा लागेको छ। विशेष सबै भक्तजनले अयोध्यास्थित राम मन्दिर जाने सुअवसर नपाउने हुनाले विभिन्न स्थानमा बसेर सो दिव्य कलशको प्रत्यक्ष दर्शन गर्न पाउँदा अयोध्यास्थित राम मन्दिरको प्रत्यक्ष दर्शन गर्न पाएको महसुस गरेका छन्। सो कलश यात्रा अवधि दर्शन गर्न तीनधारे-महानदी समष्टि सभासद नवराज छेत्री, गैरी गाउँ हनुमान मन्दिरको संरक्षक यम शंकर प्रधान र ब्लु डायमण्ड अंग्रेजी स्कूलका प्राचार्य रवि सुब्बा लगायत भक्तहरूको व्यापक उपस्थिती थियो भनी जानकारी पाइएको छ।








