अम्बियोक प्राथमिक पाठशालाको दयनीय अवस्था

IMG-20220525-WA0122.jpg

गोरुबथान। पहाडको धेरै प्राथमिक पाठशालाको भवन शोचनीय अवस्थामा छ। यस्तो शोचनीय अवस्थामा रहेको पाठशालाहरूमा पढन्‌ बाध्य छन् विद्यार्थीहरू। पढेगा इण्डिया तभी तो बढेगा इण्डियाको नारा लगाएर शिक्षाको प्रचार प्रसार भइरहेको बेला प्राथमिक पाठशालाको यस्तो नाजुक अवस्थाले व्यंग्य गरेको झै लाग्छ। यस्तैमा गोरुबथान खण्डको अम्बियोक चियाबारीमास्थित अम्बियोक प्राथमिक पाठशालाको भवन जीर्ण अवस्थामा रहेको खबर छापामा आइरहेको धेरै भयो तर आजसम्म यसको मरमत्ति हुन सकेको छैन। आज दिउँसो अचानक हुरी बतास र मुसलधारे पानी पर्न थालेपछि पाठशालाका शिक्षक-शिक्षिका नानीहरू भिज्दै यो कोठादेखि त्यो कोठा गएको नमिठो दुःखेसो पाठशालाका शिक्षक-शिक्षिका पोख्छन्। पानी परेपछि छानाको पानी सबै श्रेणी कोठामा पसेर सबै नानीहरूलाई पानी रहेपछि छुट्टी दिन परेको बताउँछन् हेड टिचर जितेन दर्नाल। नालाको पानी सबै सोहोरिएर पाठशालाको आगनमा दह लागेपछि बाहिर निस्कन पनि नसकिने बताउँछन्।

श्रेणी कोठामा पनि पानीको आहल बाहिर खोल्साको पानीको आहाल बीचमा शिक्षक-शिक्षिका र स-साना विद्यार्थीहरू बेहाल बन्न पर्ने स्थितिमाझ शिक्षादान गरिरहेको बताउछन्। सम्बन्धित विभागलाई धेरैपल्ट समस्याबारे अवगत गराई पत्रचार गरिसकेको तर समस्या ज्युको त्युनै छ। आजको घटनापछि भने हिल तृणमूल कङ्ग्रेस युवा मोर्चाका राज लामाले फोन मार्फत सम्बन्धित विभागलाई चाँडै भन्दा चाँडै यस पाठशालाको समस्याबारे पहल गरिदिने अन्यथा यस पाठशालाका विद्यार्थीहरूलाई सडकमा राखेर पढाउने बताएका छन्।

About Author

Advertisement