अम्बा पुग्यो विकसित भारत संकल्प अभियान

IMG-20250531-WA0301

पाकिम: पाकिम जिल्लाको छलामथाङ पाचेखानी र अम्बा मामरिङ ग्राम पञ्चायत यूनिटमा विकसित भारत संकल्प अभियानको तेस्रो दिन विभिन्न कार्यक्रम आयोजन गरियो। कार्यक्रममा जिल्ला उपाध्यक्ष प्रभा प्रधान मुख्य अतिथिकारूपमा उपस्थित रहेकी थिइन्। साथमा विभागका अधिकारीहरु, स्थानीय संघ संस्था प्रतिनिधिहरुको सहभागिता रहेको थियो। विकसित भारत अन्तर्गत राष्ट्रव्यापी पहलको एक अंगको रुपमा रहेको विकसित भारत संकल्प अभियान यसबेला सिक्किमको ग्रामीण क्षेत्रमा पुगेको छ। जसको मुख्य उद्देशअय सरकारी कल्याणकारी योजनाबारे मानिसहरूमा जागरूकता ल्याउन, विकासात्मक गतिविधिहरूमा सक्रिय नागरिक संलग्नतालाई प्रवर्द्धन गर्ने र आवश्यक सेवाहरू उपलब्ध गराउनु हो।
अभियान विशेष गरेर ग्रामीण क्षेत्रमा बसोबासो गर्दै आइरहेका मानिसहरूको जीविकोपार्जनमा सहयोग पुऱ्याउने उद्देश्यले केन्द्र सरकारले शुरू गरेको हो।

About Author

Advertisement