अम्बटे चियाबारीको कुमाल्टार कल्याण संघको आयोजनामा योग दिवस

IMG-20250622-WA0090

खरसाङ: ११औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा खरसाङ महकुमा अन्तर्गत अम्बटे चियाबारीमा रहेको कुमाल्टार कल्याण संघको आयोजनामा योग दिवस पालन गरियो। कार्यक्रममा स्थानीय ग्रामवासी, कल्याण संघका प्रतिनिधि एवं सदस्यागण, कुमाल्टर ग्राम सुधार समितिका सदस्यगण, समर भ्याल्ली स्कूलका शिक्षक साथै विद्यार्थीहरूको उपस्थिति रहेको थियो। यस कार्यक्रममा नेपाली सांस्कृतिक परिषदका पश्चिम बंगाल एकाईको अध्यक्ष एंव साहित्यकार सुदर्शन प्रधान, आकाशवाणी खरसाङको समाचार विभागका प्रभारी अशोक चौरसियाको विशेष उपस्थित रहेका थिए। गोरुबथान निवासी योगाचार्य अनुप रिजालले उपस्थित मानिसहरुलाई योग अनि प्रणायामको बारेमा जानकारी दिए अनि योग अभ्यास गराएका थिए। यस योग दिवस कार्यक्रममा‌ कल्याण संघ कुमालटारका सभापति कैलाश छेत्री, उप सभापति सुकराज मोक्तान अनि कुमालटार ग्राम सुधार समितिका सभापति योगेश मोक्तनको उपस्थिति रहेको थियो। यसै गरेर अम्बटे चियाबारीको बसेरीस्थित सिमोन लेवेन्ट स्कूलमा पनि ११औं अन्तर्राष्ट्रिय योग दिवस पालन गरियो। स्कूलका शिक्षिकाद्वय जया गुरुङ अनि बानिता शर्माले विद्यार्थीहरुलाई योग अभ्यास गराएका थिए भनी अम्बटेबाट भुपेन्द्र शर्माले जानकारी गराएका छन्‌‌।

About Author

Advertisement