अमेरिका-ईरान परमाणु वार्ता सोमबार इस्लामाबादमा

iran-us-america-relationship-national-flags-background-texture-3d-illustration_771335-14828

​नयाँ दिल्ली: विश्वव्यापी तनावका बीच अमेरिका र ईरानबीचको परमाणु वार्ताको नयाँ चरण सोमबारदेखि पाकिस्तानको राजधानी इस्लामाबादमा सुरु हुने भएको छ। दुई साता लामो युद्धविरामको समयसीमा समाप्त हुनै लाग्दा कूटनीतिक निकासका लागि दुवै मुलुकका प्रतिनिधिहरू वार्ताको टेबुलमा बस्न लागेका हुन् ।
​मध्यस्थता गरिरहेको पाकिस्तानको निमन्त्रणामा दुवै देशका उच्च अधिकारीहरू आइतबारसम्म इस्लामाबाद पुग्ने समाचार एजेन्सीहरूले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताप्रति सकारात्मक सङ्केत दिँदै दुवै पक्ष सम्झौताको नजिक पुगेको दाबी गरेका छन्। यद्यपि, ईरानी पक्षले भने कतिपय गम्भीर मुद्दामा अझै सहमति जुट्न बाँकी रहेको भन्दै ट्रम्पको दाबीप्रति संशय व्यक्त गरेको छ।
​वार्ताको मुख्य केन्द्रविन्दु विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग ‘होर्मुज स्ट्रेट’ को गतिरोध अन्त्य गर्नु रहेको छ। ईरानले अमेरिकाले आफ्नो नौसैनिक घेराबन्दी नहटाए उक्त मार्ग पुनः बन्द गर्ने चेतावनी दिँदै आएको छ। यसका साथै लेबनानमा इजरायल र हिज्बुल्लाहबीच जारी १० दिने युद्धविरामको प्रभाव पनि वार्तामा देखिने विश्लेषण गरिएको छ। यदि यो वार्ता निष्कर्षमा पुग्न सकेन भने मध्यपूर्वमा पुनः सैन्य मुठभेड सुरु हुने र विश्वव्यापी ऊर्जा संकट थप गहिरिने जोखिम रहेको कूटनीतिक क्षेत्रका जानकारहरू बताउँछन्।

About Author

Advertisement