अमेरिकाले चीनको दाबीलाई खारेज गर्दै भारतको पक्षमा उभियो

अमेरिकी संसदl फोटो स्रोत सोसियल मिडिया

वाशिङ्गटन: अरुणाचल प्रदेशमाथि चीनले गरेको दाबीलाई अमेरिकाले खारेज गरेको छ। चीनको दाबीलाई खारेज गर्दै अमेरिकी संसदमा प्रस्ताव पेश गरेर अरुणाचल प्रदेशलाई भारतको अभिन्न हिस्सा बताएको छ। यसका साथै प्रस्तावमा अमेरिका भारतको साथ रहेको पनि उल्लेख गरेको छ। अरुणाचल प्रदेशमाथि चीनको दाबी र अन्तर्राष्ट्रिय सीमामा परिवर्तनको प्रयासलाई अमेरिकाले खारेज गरेको छ। यस विषयमाथि अमेरिकी संसदमा द्विपक्षीय प्रस्ताव पेश गरेर अरुणाचल प्रदेशलाई भारतको अभिन्न अंग मान्नुका साथै चीन र अरुणाचल प्रदेशलाई विभाजित गर्ने म्याकमोहन लाइनलाई अन्तर्राष्ट्रिय सीमा मानेको छ।

प्रस्ताव पेश गर्ने सांसद बिल हागेर्टी र जेफ मार्कले भने, ‘चीन लगातार खुला र आजाद हिन्द प्रशान्त महासागरको निम्ति चुनौती बनेको छ। यस्तो स्थितिमा अमेरिका विशेष रूपमा भारत जस्तो आफ्नो रणनीतिक साझेदारसॅंग मिलेर उभिउनु आवश्यक छl’ अमेरिकी संसदको यस द्वि़पक्षीय प्रस्तावमा चीनको सीमामा यथास्थिति परिवर्तन गर्ने प्रयास र सैन्य कारबाहीको आलोचना गरिएको छ। प्रस्तावमा अमेरिका र भारतबीच रणनीतिक साझेदारीलाई बलियो बनाउनुपर्ने र क्वाडमा सहयोग बढ़ाउनुपर्ने बारेमा चर्चा गरिएको छ। अमेरिकी संसदको यो प्रस्ताव यस्तो समयमा आएको छ, जब भारत र चीनबीच सीमामा पूर्वी सेक्टरमा चीनका सैनिक र भारतका सैनिकहरूबीच हिंसक झड़पहरू भइसकेका छन्।

About Author

Advertisement