अमेरिकामा नयाँ पत्रकारिता कानून; मेटाले जनायो आपत्ति, समाचार सामग्री फेसबुकबाट दियो हटाउने धम्की

00-FB-Meta

मेटाले अमेरिकामा फेसबुकबाट समाचार सामग्री हटाउने धम्की दिएको छ। नयाँ कानूनको विरोध गर्दै कम्पनीले यस्तो धम्की दिएको छ। यो कानूनले समाचार सामग्री उपलब्ध गराउने कम्पनीहरूलाई आफ्नो सामग्री फेसबुकमा साझेदारी गरेको बदलामा भुक्तानीको माग गर्न थप अधिकार दिनेछ। त्यस्तै अष्ट्रेलियामा पनि कानून पारित भएको छ। त्यसपछि केही समय फेसबुकमा समाचार प्रतिबन्धित भएको थियो। मेटाले दावी गरेअनुसार उनीहरु सानो भए पनि यसको प्लेटफर्मले समाचार कम्पनीहरूलाई ट्राफिक बढाउन मद्दत गर्दछ।

मेटाको भनाइअनुसार कम्पनीहरूले फेसबुकमा समाचार साझा गर्छन् किनभने यसले उनीहरूलाई मद्दत गर्दछ। यो कानूनको नाम पत्रकारिता प्रतिस्पर्धा तथा संरक्षण ऐन (जेसीपीए) हो। यसलाई मिनेसोटाका सिनेटर एमी लाउबेचरले संसदमा पेश गरेका थिए। यसले प्रकाशक र प्रसारकहरूलाई उनीहरूको सामग्रीको बदलामा सामाजिक मिडिया कम्पनीहरूबाट भुक्तानीहरू माग गर्न थप शक्ति दिनेछ। मेटाका प्रवक्ता एन्डी स्टोनले भने, “यदि कांग्रेसले यो पत्रकारिता विधेयक पारित गर्छ भने, हामी हाम्रो प्लेटफर्मबाट समाचार सामग्री हटाउन बाध्य हुनेछौं।” मिडिया कम्पनीहरूको तर्कअनुसार मेटाले आफ्नो प्लेटफर्ममा साझा गरिएका समाचारहरूबाट धेरै कमाउँछ। अर्कोतर्फ, मेटाले यो तर्कलाई अस्वीकार गर्दै भनेको छ, ‘यसको प्लेटफर्मले साना मिडिया कम्पनीहरूलाई पनि अधिकतम पाठकहरू पुग्न संघर्ष गर्न मद्दत गर्दछ। साथै, यो उनको कमाईको एक सानो हिस्सा होl’

About Author

Advertisement