“अमृत २.०” परियोजनाअन्तर्गत सीवेज ट्रीटमेन्ट प्लान्ट-३ काे उद्घाटन

FB_IMG_1773423141567

सिलगढी: मुख्यमन्त्री श्रीमती ममता बनर्जीको प्रेरणामा तथा सिलगढी नगर निगमको पहलमा “अमृत २.०” परियोजनाअन्तर्गत १८ करोड ९१ लाख रुपैयाँको लागतमा जोरापानी र फुलेश्वरी नदीको जल प्रदूषण नियन्त्रण गर्न फूलबारी क्षेत्रमा सीवेज ट्रीटमेन्ट प्लान्ट-३ को शुभ उद्घाटन सम्पन्न भएको छ भनि नगरनिगमका चेयरम्यान गौतम देवले जनाए।
उनले अझ अघि बताए यस परियोजनाले नदीमा प्रदूषित पानीको प्रवाहलाई कम गर्ने मात्र नभई स्थानीय बासिन्दाको स्वास्थ्य सुरक्षा र पानीको गुणस्तर सुधार्न महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।
यसैगरी अन्तमा चेयरम्यान गौतम देवले मुख्यमन्त्री ममता बनर्जीले पानीको शुद्धिकरण र वातावरणीय संरक्षणमा नगरपालिकाको सक्रिय भूमिकालाई प्रशंसा गरेकी छन् भने।
आजको यस उद्घाटन कार्यक्रममा नगर निगमका उच्च अधिकारी तथा स्थानीय प्रतिनिधिहरू उपस्थित थिए।

About Author

Advertisement