अमृत युवा कलोउत्सवको समापन

IMG-20230603-WA0225.jpg

गान्तोक: संगीत नाटक एकादमी नयाँ दिल्ली र सिक्किम सरकारको संस्कृतिक विभाग, नेशनल स्कूल अफ् ड्रामा र सिक्किम विश्वविद्यालयको संयुक्त पहलमा आजादीमा अमृत महोत्सव अन्तर्गत तीन दिवसीय अमृत युवा कलोउत्सव पालन गरियो। कार्यक्रममा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्य मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। गत १ जूनदेखि शुरू भएको तीन दिवसीय कार्यक्रमको आज समापन भयो। राजधानीस्थित मनन केन्द्रमा आयोजित महोत्सवमा धार्मिक भजन, परम्परागत तामाङ सेलो नृत्य, भरतनाट्यम, कथक नृत्य र सिक्किम एसेम्बल थिएटर, गान्तोकका पवित्रा गौतम र सुमन राईद्वारा निर्देशित ‘हामरो संस्कार हाम्रो संस्कृति’ शीर्षकका नेपाली नाटक लगायत कला प्रदर्शन गरिएको थियो। यस तीन दिवसीय कार्यक्रम अन्तर्गत सिक्किम विश्वविद्यालयको सङ्गीत विभागद्वारा इन्स्ट्रुमेन्टल एन्सेम्बल, मिजो कल्चर क्लबद्वारा मिजोरमको चेराउ डान्स, पंकज सैकिया र असमको समूहद्वारा सत्तरिया र सायक मित्रद्वारा निर्देशित यक्षचक्रेय नामक नाटक, चिदाकाश काले कला र दिव्यता केन्द्र, पश्चिम बंगालले प्रदर्शन गरेको थियो। सोही प्रकारले सिक्किमका मनोज राई र समूहको हिन्दुस्तानी भोकल, नमिता टुन्डु र समूहको संथाली नृत्य, पश्चिम बंगालको पोम्पी र समूहको ओडिसी, अमर सिंह राठौरको राजस्थानको स्ट्रिङ पपेट, राजस्थानका गोविन्द भाटले निर्देशन गरेको र माइमको प्रस्तुति रहेको थियो।

About Author

Advertisement