कोलकाता: केन्द्रीयगृहमन्त्री अमित शाहले मङ्गलबार बिहान रवीन्द्र जयन्तीमा कोलकाताको जोड़ासांको ठाकुरबाड़ीस्थित कविगुरूको पैतृक आवासमा गएर उनलाई श्रद्धाञ्जली अर्पित गरे। यस सन्दर्भमा पश्चिम बङ्गालका शिक्षामन्त्री ब्रात्य बसुले कटाक्ष गरेका छन्। पत्रकारहरूको प्रश्नको उत्तर दिँदै ब्रात्य बसुले भने, ‘ठाकुरबाड़ीमा रहेका प्रतिमाहरू ठीकै छन् वा छैनन्, यसबारे म पछि अधिकारीहरूबाट जानकारी पाउनेछुl’ उल्लेख्य, सन् २०१९ मा अमित शाहको रोड शोमा कलकत्ता युनिभर्सिटी सामू ढुङ्गामुड़ा गरिएको थियो। यस अवधिमा कलेज स्ट्रीटस्थित विद्यासागर कलेजमा अवस्थित विद्यासागरको प्रतिमा क्षतिग्रस्त गरिएको थियो, जसको निम्ति तृणमूलले भाजपालाई दोषी ठहर गर्ने प्रयास गरेको थियो। त्यही घटनाको परिप्रेक्ष्यमा ब्रात्य बसुले अमितमाथि कटाक्ष गरेका छन्। -हिस









