अमिताभ मलिक हत्याको मामलामा बिमल गुरुङले पाए जमानत

Chhetriya-Samachar-2

 जलपाईगढी: पुलिस अधिकारी हत्या मुद्दामा बिमल गुरुङलाई जमानत मिल्यो। अमिताभ मलिक हत्या प्रकरणका बिमल गुरुङले जमानत पाएका छन्। कोलकाता उच्च अदालतको जलपाईगढी सर्किट बेन्चका न्यायाधीश जयमल्या बागची र गौरांग कान्तको डिभिजन बेन्चले आज यो आदेश दिएको हो। उल्लेखनीय छ, २०१७ मा बिमल गुरुङको नेतृत्वमा गोर्खाल्याण्डको आन्दोलन चलेको थियो। गोप्य सूचनाको आधारमा, ठूलो पुलिस बलले दार्जीलिङ सदर पुलिस चौकी क्षेत्रमा रहेको गोप्य शिविरमा छापा मार्दा बिमल गुरुङलाई पक्राउ गर्न गोलीबारी भएको थियो। पुलिस अधिकारी अमिताभ मलिकको गोली लागेर मृत्यु भएको थियो। यसपछि पुलिस अनुसन्धान शुरु भयो। त्यसपछि अनुसन्धान सीआईडीलाई सुम्पियो। त्यो मुद्दामा बिमल गुरुङ मुख्य अभियुक्त थिए। मुद्दाका मुख्य अभियुक्त बिमल गुरुङलाई आज जमानत दिइएको छ।

About Author

Advertisement