अभ्यास सत्रको अवधि रिषभ पन्तलाई चोट

IMG-20250609-WA0164

लण्डन: ईंग्ल्याण्डविरुद्ध टेस्ट सीरीज अघि भारतीय क्रिकेट टीमले अभ्यास शुरु गsरेको छ। टीमले मुख्य प्रशिक्षक गौतम गम्भीर र अन्य सपोर्ट स्टाफको मार्गदर्शनमा अभ्यास गरिरहेको छ। यसबीच अभ्यास सत्रको अवधि टीमका उपकप्तान रिषभ पन्तलाई चोट लाग्दा टीमको चिन्ता बढ़ेको छ। विकेटकीपर ब्याटर पन्तको देब्रे पाखुरामा अभ्यासको अवधि बलले लाग्यो। चोट लागेपछि पन्तलाई निक्कै यन्त्रणामा देखियो अनि टीमको डाक्टरलाई बोलाउनु पऱ्यो। डाक्टरले मैदानमै प्राथमिक उपचार गरेपछि आइस प्याक लगाइदिए। त्यसपछि पन्तले मैदान छोड़े अनि बाहिर बसेर समय बिताए। टीम सूत्रबाट थाहालागे अनुसार, चोट त्यति गम्भीर रहेको छैन। पन्त स्वयंले उनी ठीक रहेको आश्वस्त गरेका छन्। भारत र ईंग्ल्याण्डबीच ५ वटा टेस्ट म्याचको सीरीज २० जूनदेखि शुरु हुनेछ। पहिलो टेस्ट म्याच लीड्समा खेलिनेछ। रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास लिएको हुनाले शुभमन गिललाई नयाँ कप्तान नियुक्त गरिएको छ। उनले टेस्ट प्रारूपमा तेस्रो नम्बरमा ब्याटिंग गर्ने सम्भावना छ।

About Author

Advertisement