कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीका भतीज एवं तृणमूल कांग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीको लश्करमाथि हमला गरेको आरोपमा अझ् एक कुर्मी नेतालाई पक्राउ गरिएको छ। यसका साथै यस मामिलामा पक्रा पर्नेहरूको संख्या नौ पुगेको छ।
यसबीच राज्य सरकारको निर्देशमा सीआईडीले यस घटनाको जाँच शुरू गरेको छ। आक्रमणकारीहरू विरूद्ध गैर जमानती धाराहरूमा मामिला दर्ता गरिएको छ। यसमा हत्याको प्रय़ासको धारा पनि जोड़िएको छ। सीआईडीका एक वरिष्ठ अधिकारी अनुसार, आज झाड़ग्राम थानाबाट घटनासित सम्बन्धित सबै दस्तावेज लिइनेछ। बहुचर्चित कुर्मी नेता राकेश महतो समेत अन्यलाई अगावै पक्राउ गरिएको थियो। आइतवार राति अझ् एक कुर्मी नेतालाई पक्राउ गरिएको छ।
-हिस








