अब हामीले अरुको पछ्यौरी समाप्त छोड्नु पर्छ: सघन मोक्तान

IMG-20220705-WA0186.jpg

बाग्राकोट: आज आदिवासी गोर्खा संयुक्त समितिको पत्रकार सम्मेलन बाग्राकोटस्थित कम्युनिटी हलमा सम्पन्न भयो। पत्रकारहरूलाई सम्बोधन गर्दै आदिवासी गोर्खा संयुक्त समितिका अध्यक्ष सघन मोक्तानले भने, उत्तर बंगालको क्षेत्रमा आदिवासी र नेपाली जाति बहुसंख्यक रुपमा बसोबास गर्छन्। यी दुई जातिको सामाजिक, आर्थिक विकास हुनसकेको छैन। यी दुई जातिलाई सबै राजनैतिक पार्टीहरूले केवल भोट व्याङ्क मात्र सम्झिरहेको छ। यसैले आज डुवर्सका आदिवासी अनि गोर्खाहरू आफ्नै पाइलामा हिँड्छौँ भनेर जमर्को कसेका हौँ। जसको निम्ति हामीले आदिवासी गोर्खा संयुक्त समिति गठन गरेका हौ। तिनले भने, अब हामीले अरुको पछ्यौरी समाप्त छोड्नु पर्छ। अब हामी पहाडको भरोसामा बस्ने छैनौँ। पहाडले हामीलाई फुल देखाएर काँडाले घोच्ने काम गरेको छ। पहाडका नेताहरूले हामीलाई पार्टीको नाममा, जातिको नाममा, आन्दोलनको नाममा तीनपल्ट धोखा दिएको छ। आगामी २५ जुलाईको दिन बाग्राकोटमा तराई डुवर्स आदिवासी गोर्खा महापञ्चायतको पनि आयोजना गरिएको तिनले बताए।
तिनले भने, मनिपुरको घटनालाई लिएर हामी धेरै दुखी छौँ। शोकाकुल परिवारप्रति हाम्रो समवेदना छ। मनिपुरको घटना विषयमा राज्य सरकारको मौनताप्रति पनि दुःख प्रकट गरेका छन्। तिनले भने, चिया सुन्दरी भनेको टी टुरिज्म हो। राज्य सरकारले यो राम्रो पहल गरेको छ। बगानको घर हुँदा हुँदै पनि घर बनाउन त्यो गलत निर्देश भएको छ। मुख्यमन्त्रीले यो राम्रो काम हो। तर तिनलाई एडभाइस गर्ने मान्छेले गलत गरेको हो। यस प्रकल्पद्वारा नयाँ घरहरू निर्माण गर्नुको सट्टा यहाँको भत्किसकेको पुरानो घरहरूलाई मरम्मती गरेको भए प्रकल्प राम्रो हुने थियो। चिया सुन्दरीको घरहरू सुङ्गुरको खोर जस्तो छ भने। मुख्यमन्त्रीले चिया टुरिज्मलाई विकास गर्नको निम्ति यो प्रकल्पको आयोजना गरिएको थियो। तर तिनलाई एडभाइस दिने मानिसहरूले गर्दा यो प्रकल्पको घरहरू सुङगुरको खोर जस्तो भएको छ। एउटा प्रश्नको उत्तरमा तिनले भने, तिमीले मान्दैनौँ भने, दिँदैनौँ भने हामी सत्तामा पनि आउन तयार छौँ। हामी हाम्रो सामाजिक सङ्गठन निर्दलीय उम्मेद्वारको रुपमा आगामी पञ्चायत चुनाउ पनि लड्न सक्छौँ। तर हामी कुनै राजनीतिक पार्टी गर्दैनौँ भने। आजको पत्रकार सम्मेलनमा समितिका केन्द्रीय समिति कार्यकारी अध्यक्ष जोखिम केरकट्टा, कन्द्रीय सदस्य किशोर सुन्दास, रुद्ध प्रधान, सुनित थापा, देवान लामा, प्रदिप मोक्तान, लोरेनतुस लाकडा, सतराम कुजुर आदिको उपस्थिति रहेको थियो।

About Author

Advertisement