अफगानिस्तान र न्यूजील्याण्डबीच टेस्ट म्याच एक बल पनि नभइ रद्द

IMG-20240913-WA0275

ग्रेटर नोएडा: अफगानिस्तान र न्यूजील्याण्डबीच एकमात्र टेस्ट म्याच शुक्रवार एक बल पनि नभइ लगातार वर्षाले गर्दा रद्द भयो। टेस्ट क्रिकेटको इतिहासमा यस्तो घटना आठौंपल्ट अनि १९९८ पछि पहिलोपल्ट भयो। अफगानिस्तान र न्यूजील्याण्डबीच ९ सेप्टेम्बरदेखि शुरु यस टेस्ट म्याचमा टस पनि हुन सकेन। यसअघि १९९८-मा पनि न्यूजील्याण्डको टीमसँग नै यस्तो भएको थियो। त्यस समय डुनेडिनमा भारत र न्यूजील्याण्डबीच म्याच एक बल पनि नभइ रद्द भएको थियो। त्यही साल अनि त्यही दिन फैसलाबादमा पाकिस्तान र जिम्बाब्वेबीच टेस्ट म्याच पनि कुहिरोले गर्दा एक बल पनि नभइ रद्द भएको थियो। यसपाली ग्रेटर नोएडामा पहिलो दुई दिन मैदान भिजेको हुनाले खेल हुन सकेन। त्यसपछि रहल तीन दिन वर्षाले गर्दा खेल हुन सकेन। शुक्रवार बिना पीचको जाँच गरियो तर मैदानको खराब स्थितिले गर्दा टेस्ट म्याचलाई रद्द गरियो। उल्लेखनीय छ, बीसीसीआई-ले अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)-लाई यस टेस्ट म्याचको आयोजन स्थलको रूपमा कानपुर, बेंगलुरु र ग्रेटर नोएडाको विकल्प दिएको थियो। एसीबी-ले चाहिँ लजिस्टिक कारणहरूले गर्दा ग्रेटर नोएडालाई चयन गरेको थियो। अफगानिस्तानको टीमले अब यूएई-मा दक्षिण अफ्रिकाविरुद्ध वनडे सीरीजमा हिस्सा लिनेछ। यसरी न्यूजील्याण्डको टीम टेस्ट सीरीज खेल्न श्रीलंका जानेछ।

About Author

Advertisement