अफगानिस्तानविरुद्ध पहिलो टी२० म्याचमा भारत ७ विकेटले विजयी

IMG-20260913-WA0105

नयाँ दिल्ली: भारतले पहिलो टी२० अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा अफगानिस्तानलाई ७ विकेटले पराजित गऱ्यो। अरुण जेटली स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै अफगानिस्तानले २० ओभरमा ८ विकेटमा १५६ रनको स्कोर बनायो। त्यसपछि भारतले ३८ बल बाँकी रहँदै ३ विकेटको नोक्सानमा १५७ रन बनाएर म्याच जित्यो। यस जीतको साथ भारतले तीनवटा टी२० म्याचको शृंखलामा १-०-को बढ़त हासिल गर्यो। शृंखलाको दोस्रो टी२० म्याच मंगलवार खेलिनेछ। लक्ष्यलाई खेदो गर्दै भारतको शुरुवात खराब रह्यो अनि सञ्जु सेमसन केवल १० रन बनाएर आउट भए। यसरी केवल १८ रनमा पहिलो विकेटको पतनपछि अभिषेक शर्मा र ईशान किशनले मिलेर मोर्चा सम्हाले। यी दुईजनाले आक्रामक मिजासमा ब्याटिंग गर्दै दोस्रो विकेटको निम्ति १२१ रनको म्याच जिताउने साझेदारी गरे। अफगानिस्तानका बलरहरूलाई भरपूर शास्ती दिने अभिषेक ८२ रन बनाएर आउट भए। उनले ३२ बल खेलेर सातवटा छक्का र त्यति नै चौका लगाए। अभिषेक आउट भएको लगत्तै पछि ईशान आउट भए पनि भारतलाई म्याच जित्न समस्या भएन। कप्तान श्रेयस अय्यरले अविजित ८ र तिलक वर्माले अविजित ३ रन बनाएर टोलीलाई जीत दिलाए। ईशानले ३३ बलको सामना गरी पाँचवटा चौका र एउटा छक्काको साथ ३३ बलमा ४२ रन बनाए। अफगानिस्तानका बलरहरूमा मोहम्मद नबीले २ विकेट लिए। यसअघि म्याचमा पहिला ब्याटिंग गर्दै अफगानिस्तानको शुरुवात निराशाजनक रह्यो अनि एक समय केवल ४३ रनमा ५ विकेटको पतन भइसकेको थियो। त्यसपछि अजमतुल्लाह ओमारजईको अविजित ६४ रनको सहायताले अफगानिस्तान हेर्न लायकको स्कोरसम्म पुग्न सक्यो। ओमारजईले चारवटा चौका र त्यति नै छक्काको सहायताले ४४ बलमा अविजित ६४ रन बनाए। यसबाहेक मोहम्मद नबीले २७ बलमा ३३ रन बनाए। उनले जोड़ी छक्का र त्यति नै चौका लगाए। यी दुईजनाले छैटौं विकेटको निम्ति ८३ रनको साझेदारी गरी टोलीलाई सम्हाले। अफगानिस्तानको तर्फबाट केवल चारजनाले दश या त्यसभन्दा अधिक रन बनाउन सके। भारतीय बलरहरूमा अर्शदीप सिंहले सर्वाधिक ३ विकेट लिए।

About Author

Advertisement