अफगानिस्तानका मोहम्मद नबी बने नम्बर एक अलराउण्डर

IMG-20240612-WA0285.jpg

दुबई: अफगानिस्तानका मोहम्मद नबीले बंग्लादेशका शाकिब अल हसनलाई पछि छोड़ेर टी२० अन्तर्राष्ट्रिय प्रारूपको नम्बर एक अलराउण्डर बन्ने गौरव हासिल गरेका छन्। आईसीसी (अन्तर्राष्ट्रिय क्रिकेट परिषद) – द्वारा बुधवार जारी नवीनतम ऱ्याङकिंगमा भारतका सूर्यकुमार यादवले ब्याटरहरूका सूचीमा शीर्ष स्थानमा कायम छन्। अफगानिस्तानले जारी आईसीसी टी२० वर्ल्ड कपमा अहिलेसम्म ग्रुप सी-मा युगाण्डा र न्यूजील्याण्डलाई पराजित गरिसकेको छ। नबीले ब्याट र बल दुवैको साथ असल प्रदर्शन गरेका छन्। यस ३९ वर्षीय खेलाड़ीले गुयानामा न्यूजील्याण्ड विरुद्ध २ विकेट लिएपछि ऱ्याङकिंगमा शीर्ष स्थान हासिल गरेका छन्। यसरी अष्ट्रेलियाका मार्कस स्टोइनिस अलराउण्डरहरूका सूचीमा दोस्रो स्थानमा पुगेका छन्। शाकिब चाहिँ शीर्ष स्थानबाट झरेर सीधै पाँचौं स्थानमा पुगेका छन्। टी२०आई ब्याटरहरूका ऱ्याङकिंगमा सूर्यकुमार शीर्ष स्थानमा कायम छन्। अफगानिस्तानका ओपनिंग ब्याटर रहमानुल्लाह गुरबाजले १२औं स्थानमा पुगेर करियरको सर्वोच्च ऱ्याङकिंग हासिल गरेका छन्। उनी टी२० वर्ल्ड कपको दुईवटा ईनिंग्समा १५६ रन बनाएर सर्वाधिक रन बनाउने खेलाड़ी बनेका छन्। पाकिस्तानका कप्तान बाबर आजम तेस्रो स्थानमा पुगेका छन् जबकि ईंग्ल्याण्डका कप्तान जोस बटलरले ताजा ऱ्याङकिंगमा पाँचौं स्थान हासिल गरेका छन्। बलरहरूका टी२०आई ऱ्याङकिंगमा ईंग्ल्याण्डका आदिल रशिद शीर्षमा कायम छन्। दोस्रो स्थानमा श्रीलंकाका कप्तान वानिन्दु हसरंगा रहेका छन्। अफगानिस्तानका राशिद खान र फजलहक फारुकी क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन्।

About Author

Advertisement