अप्पर सोनादा टाँशी छोईलिङ बौद्ध गुम्बामा छाम पूजा सम्पन्न

IMG-20250427-WA0244

सोनादा: अप्पर सोनादास्थित टाँशी छोईलिङ बौद्ध गुम्बामा विगत नौ वर्षदेखि परम्परागत रूपमा आयोजना हुँदै आएको छाम पूजा यस वर्ष पनि सफलतापूर्वक सम्पन्न भएको छ। गुम्बाका प्रमुख धर्मगुरु राफग्ये छाम्बलाका अनुसार पूजा आगामी २३ अप्रेलदेखि शुरु भई २७ अप्रेल आईतबार २०२५ को दिन विधिपूर्वक समापन गरिएको हो। पूजाको पहिलो दिन आठौँ गुरु ढाकपो महापालाको पूजा–आर्चना गरिनुका साथै २४ र २५ अप्रेलको दिन बिहान ३:३० बजे गुम्बा भवनभित्र छाम नृत्यको विशेष प्रदर्शन गरिएको थियो। यसैक्रममा २६ अप्रेलको दिन गुम्बा प्रांगणमा तोरगाप तथा छाम नृत्यको भव्य प्रस्तुति गरिएको थियो। समापनको दिन बिहान, छाम नृत्यसँगै महाकालको छ्योछेन पूजा सम्पन्न गरिएको थियो। धर्मगुरु धुङ्से रिम्पोछेले करकमलबाट समस्त धर्मप्रेमी महानुभावहरूलाई दिर्घायुका लागि छेडुप (वाङ) प्रदान गर्दै सम्पूर्ण प्राणी जगतको सुख, शान्ति र समृद्धिको कामना गरेका थिए। आठौँ गुरु डागपो महापालाको पूजा सफलतापूर्वक सम्पन्न हुनुले सम्पूर्ण भक्तजन, स्वयंसेवक र सहयोगीप्रति गुम्बाका प्रमुख धर्मगुरु राफग्ये छाम्बलाले विशेष आभार प्रकट गरेका छन्।

About Author

Advertisement