दार्जीलिङ: अप्पर शाखा १६ नम्बर वार्ड का कार्यकर्ताहरूले अजय एडवार्डसको हातलाई अझ बलियो बनाउँने लिए संकल्प। तकदाह ग्लेनवोर्न समष्टि अन्तर्गत १६ नम्बर वार्ड अप्पर शाखाको भवनमा हाम्रो पार्टीको सभा सम्पन्न भयो।आयोजित सभामा अप्पर शाखामा हाम्रो पार्टीलाई अझ बलियो बनाउँनलाई पूरानो कमिटिलाई विघटन गरेर नयाँ कमिटि गठन गर्ने कार्य भयो।जसमा रूपेन याल्मोलाई सर्व समति अनुरूप अध्यक्ष चयन गरियो। त्यसरी नै उपाध्यक्ष पासाङ योल्मो,सचिव सागर राई,सहसचिव रूपेन तामाङ,कोषाध्यक्ष पूप्प योल्मो, मुख्य सल्लाकार शम्बु राई, छिरिङ आदिलाई चयन गरियो। सभापछि रूपेन योल्मोले जीटीए सभाको चूनावपछि पार्टीको नेतृत्वहरू आ आफ्नो काम कुरोहरूमा ब्यस्त भएको हुनाले गर्दा १६ नम्बर वार्ड अप्पर शाखा हाम्रो पार्टीको सभा हुनसकेको थिएन तर आज सवै कार्यकर्ता एंव समर्थकहरूको सल्लाहअनुरूप हामीले सभाको आयोजना गऱ्यौ जसमा उपस्थित कार्यकर्ता एंव समर्थकहरूले अप्पर शाखामा हाम्रो पार्टीलाई बलियो बनाए पार्टी अध्यक्ष अजय एडवार्डसको हातलाई अझ दरिलो बनाउँने संकल्प लिएको तिनले बताए।विगत जीटीए सभाको चूनाव अवधि अप्पर शाखामा हामी जसरी खटेका थियौ त्यसरी नै अझ खटेर हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवार्डसको सामाजिक कार्यहरूलाई धर धरमा पुऱ्याउने छौ संकल्प लिएका छौ भन्ने अध्यक्ष योल्मोले बताए।









