अप्पर रेलिङ गुम्बाटारदेखि शेर्पागाउँ जाने बाटोको निर्माण कार्य शुरू

IMG-20241202-WA0224

दार्जिलिङ: दुर्गम गाउँहरुलाई विकासको मूलधारमा ल्याउने प्रमुख लक्ष्यको साथमा दार्जिलिङ पुलबजार खण्ड अधीनस्थको रेलिङ ग्राम पञ्चायतको अप्पर रेलिङ गुम्बाटारदेखि गुरूङ गाउँ हुँदै शेर्पा गाउँसम्म पुग्ने बाटोको आजदेखि निर्माण कार्यको शुरू गरिएको छ। लगभग २ करोड ७० लाख ८५ हजार लागतमा बनिने उक्त बाटोले वरिपरिको चारवटाभन्दा अधिक गाउँहरु प्रत्यक्ष रूपमा तथा सिंहलिला राष्ट्रिय आरण्य लगायतको क्षेत्रहरु परोक्ष रूपमा लाभान्वित हुनेछन्। आफुहरूको गाउँमा दीर्घाकालदेखि बाटोको माग पूरा गरिदिएको भन्दै वार्ड सदस्य केसाङ शेर्पा अनि गाउँलेहरूले जीटीए अध्यक्ष अनित थापा अनि क्षेत्रीय सभासद सतीश पोखरेलप्रति आभार प्रकट गरेका छन्। स्मरणरहोस्, उक्त बाटो गत १६ नोभेम्बर २०२४ को दिन जीटीएका प्रमुख कार्यपाल अनित थापाको विशेष उपस्थितिमा उनकै बाहुलीबाट शिलान्यास गरिएको थियो।

About Author

Advertisement